×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : घरायसी सामाग्री बिक्री गर्दै हिँडेका व्यापारी, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

PRIME CA
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : घरायसी सामाग्री बिक्री गर्दै हिँडेका व्यापारी, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

१८ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले घरायसी सामाग्री बिक्री गर्दै हिँडेका व्यापारीदेखि देशभर अरु कहाँ-के भयोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
पोखरा महानगरपालिका वडा नं १८ सेदिस्थित सडकमा घरायसी प्रयोजनका सामाग्री बिक्री गर्दै हिँडेका व्यापारी ।
नलगाड नगरपालिका वडा नं ८ स्वारामा आफ्नो जमिनबाट बदाम निकाल्दै स्थानीय कृषक । 
रामपुर नगरपालिका–४ देविस्थानका दिलबहादुर थापाले व्यावसायिक रुपमा गर्नु भएको सयपत्री फूलखेती ।
उखुमा रोग नलागोस् भनी रानीपुरका किसान खेतमा रोपेको उखुमा कीटनाशक औषधि छर्किदै ।
खेतमा रोप्न उखु काटेर तयार गर्दै रानीपुरका किसान । कात्तिके उखु लगाउन किसानलाई चटारो भएको छ । 
किसानद्वारा उत्पादित धानको बीउ खरिद गर्दै नमूना कृषक बहुउद्देश्यीय सहकारी संस्था टीकापुर । यस वर्ष सरकारले रु दुई हजार ७३५ तोकेको मोटा धान सहकारीले रु तीन हजार १४५ मा खरिद गरिरहेको छ ।
पोखरा महानगरपालिका वडा नं १७ स्थित विरुवाफाँटमा जेठो बुढो धान काट्दै स्थानीय महिला ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: