
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले तिहार नजिकिएसँगै पोखरामा बिक्रीका लागि राखिएका रोटीका परिकारदेखि देशभर अरु कहाँ-के भयोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
तिहार पर्व नजिकिएसँगै पोखरा–१, बगरमा बिक्रीका लागि राखिएका विभिन्न प्रकारका रोटीका परिकार ।
बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको बाली संरक्षण प्रयोगशालामा तयार गरिएको कन्या जातको च्याउको बीउ र्याकमा राख्दै गरेका कर्मचारी । प्रयोगशालाबाट ६५० पोका बीउ २० जना व्यावसायिक च्याउ खेती गर्ने किसानलाई बिक्री गरिएको छ ।







