×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अधिकांश आयोजनाहरुको कार्यान्वयन पक्ष कमजोर हुँदा पूँजीगत खर्च बढाउन चुनौतीपूर्ण छ’ : डा. प्रकाश श्रेष्ठ (भिडियो)

PRIME CA

‘अधिकांश आयोजनाहरुको कार्यान्वयन पक्ष कमजोर हुँदा पूँजीगत खर्च बढाउन चुनौतीपूर्ण छ’ : डा. प्रकाश श्रेष्ठ (भिडियो)

२३ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले पूँजीगत खर्च बढाउन चुनौति रहेको बताउनुभएको छ । अधिकांश आयोजनाहरुको कार्यान्वयन पक्ष कमजोर रहेकाले बजेट खर्च बढाउन चुनौति रहेको श्रेष्ठले बताउनुभएको छ । शुक्रबार आर्थिक सल्लाहकार श्रेष्ठले अधिकांश आयोजनाहरुको कार्यान्वयन पक्ष कमजोर हुँदा पूँजीगत खर्च बढाउन चुनौतिपूर्ण रहेको बताउनुभएको हो । 
अहिले पनि तीन वटै तहका सरकारले विभिन्न आयोजनामा खर्च गर्नुपर्ने २ खर्ब भन्दा बढी रकम खर्च हुन नसकेकोले चुनौति रहेको बताउनुभयो । पूँजीगत खर्च बढाउने तर्फ मन्त्रालयले विशेष ध्यान दिएको पनि उहाँले बताउनुभयो । यस्तै अहिले पुरक बजेट ल्याउनुपर्ने आवश्यकता नरहेको पनि श्रेष्ठले स्पष्ट पार्नुभएको छ । बजेटलाई परिमार्जन गर्ने भन्दापनि कार्यान्वयन पक्षमा जोड दिइएको उहाँले बताउनुभयो ।
अहिलेकै सरकारले ल्याएको बजेट भएकाले परिमार्जन गर्ने भन्दापनि प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । विभिन्न क्षेत्रमा पुरक बजेट ल्याउने चर्चा भएपनि आवस्यकता नरहेको स्पष्ट पार्नुभयो । चालु आर्थिक वर्षको दोस्रो त्रैमास भर्खरै सुरु भएकाले पनि अहिले नै बजेटमाथि समिक्षा गर्ने बेला भइनसकेको पनि उहाँले बताउनुभयो । हेर्नुहोस्  भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: