×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ३०.१४% ले बढ्यो, प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८६ पैसा ! (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले नाफा ३०.१४% ले बढेर ४ करोड ७ लाख १० हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड १२ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो । 
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको बिमा कोषको आकार पनि १६.३३% ले बढेर ५५ करोड ७२ लाख ८५ हजार रुपैयाँ पुगेको छ । यस्तै खुद बिमा शुल्क १४.८७% ले बढेर १४ करोड २६ लाख ४३ हजार रुपैयाँ पुगेको छ । 
कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ १५ पैसा छ । साथै कम्पनीले १३ करोड १९ लाख ७७ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ३० करोड ३१ लाख ३४ हजार रुपैयाँ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: