
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा सुपथ मुल्य पसल सञ्चालन हुन थालेपछि सेवाग्राहीको भिड लाग्न थालेको छ । अन्य पसलमा भन्दा सस्तो मुल्यमा उपभोग्य सामान खरिद गर्न पाईने भएपछि अपेक्षाभन्दा बढी नै भिड लाग्न थालेको हो ।
कोरोना महामारीका बेला सस्तो मुल्यमा सामान पाईने भन्दै सेवाग्राहीको भिड लाग्दा संक्रमणको जोखिम बढेको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको क्षेत्रिय कार्यालय धनगढीले चाडपर्वलाई लक्षित गरि सञ्चालनमा ल्याएको सुपथ मुल्य पसलमा अहिले दैनिक सयौँको संख्यामा सेवाग्राही पुग्ने गरेका छन् । सामान खरिदका लागि पुग्ने सेवाग्राहीकोबीचमा दुरी कायम गरिएको छैन भने कतिपयले त अति आवश्यक मास्क तथा सेनिटाईजरको प्रयोग समेत गरेको देखिदैन ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले मापदण्ड नै निर्माण गरी भिडभाड नगर्न आदेश जारी गरेको भएतापनि नागरिक भने त्यसको उल्लंघन गर्नमै व्यस्त बनेका छन् । सँधै सरकार असफल भयो भन्नुभन्दा पनि आ आफ्नो ठाउँबाट सतर्क बन्न आवश्यक देखिन्छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्