×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

उर्लियो राजावादीहरुको भीड, नेकपाका नेताका छोराछोरी पनि ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाउँदै ! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । धनगढीमा राजाका समर्थकहरुले प्रदर्शन गरेका छन् । लोकतान्त्रिक व्यवस्थाले जनताको अपेक्षा पुर्ति गर्न नसकेका कारण राजसंस्थाको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको हो । 
सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजको अगुवाईमा आयोजना गरिएको उक्त र्यालीमा झण्डै तीन हजार बढीको उपस्थिति रहेको थियो । उक्त वृहत र्यालीमा ‘टोल-टोलमा हल्ला छ, राजा ल्याउने सल्लाह छ’, ‘नारायणहिटी खाली गर हाम्रो राजा आउँदै छ’, ‘थोत्रो गणतन्त्र मुर्दावाद’ जस्ता नारा लगाइएको थियो । राजावादीहरुको उक्त र्यालीमा वर्तमान नेकपाका नेताहरुका छोराछोरीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । वर्षभरी पार्टीको गुणगान गाउनेहरु पनि सरकारप्रतिको तिक्तता र असन्तुष्टि पोख्दै नारा लगाउनमा व्यस्त बनेका देखिन्थे ।
कुनै पार्टी केन्द्रित नभई स्वतन्त्र रुपमा देशको झण्डा बोकेर परिवर्तनका लागि प्रदर्शन गरिएको उक्त अभियानका प्रचारप्रसार विभागका संयोजक प्रतिक जोशीले बताए । धनगढीको बुद्धचौकबाट सूरु भएको उक्त र्याली अत्तरिया बजार हुँदै पुन धनगढीको चौराहमा पुगेर कोणसभामा परिणत भएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: