×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निः शुल्क खाना खुवाउने अभियानलाई कांग्रेसको समर्थन, सहमहामन्त्री भन्छन् ‘सरकारले नागरिकको समस्या बुझेन’ (भिडियो)

PRIME CA

निः शुल्क खाना खुवाउने अभियानलाई कांग्रेसको समर्थन, सहमहामन्त्री भन्छन् ‘सरकारले नागरिकको समस्या बुझेन’ (भिडियो)

२० कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । नेपाली कांग्रेसले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेको छ । कांग्रेसका नेताहरु खुलामञ्च नै पुगेर निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेका हुन् । कांग्रेसको कोभिड अनुगमन समितिका संयोजक समेत रहनुभएका सहमहामन्त्री प्रकाशशरण महतले काठमाडौं महानगरपालिकाको अहिलेको नेतृत्वले आम नागरिकको समस्या नबुझेको बताउनुभयो । 
अभियानलाई समर्थन नै गर्न खुलामञ्च पुग्नुभएका महतले महानगरपालिका आफैले राहात पु¥याउनुपर्ने ठाउँमा दाताहरुले सहयोग गरे पनि रोक्न निर्देशन दिने कुरा कदापि स्विकार्य नहुने बताउनुभयो । कांग्रेस नेता भिमसेनदास प्रधानले निःशुल्क खाना खुवाइरहेको समूहलाई १० हजार नगद सहयोग गर्दै सरकारले विकल्प नदिँदासम्म खुलामञ्चमा खाना खुवाउन रोक्न नहुने बताउनुभयो । संविधानले दिएको नागरिकको अधिकार पनि राज्यले खोसेको उहाँले बताउनुभयो ।
हण्ड्रेड ग्रुपका संस्थापक अंशु यादवले महानगरपालिकाले तिहारसम्म खुलामञ्चमै खाना खुवाउन भनेको बताउनुभयो । तिहारपछि होटल बुकिङ गरेर भएपनि व्यवस्थापन गर्ने महानगरपालिकाले प्रतिवद्धता जनाएको उहाँले बताउनुभयो ।
कोरोना संक्रमणको जोखिम बढेको, फोहोर भएको भन्दै महानगरपालिकाले खुलामञ्चमा खाना नखुवाउन भन्दै आएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज पत्रकार सम्मेलन नै गरेर अन्य ठाउँमा व्यवस्थापन गर्न अग्रह गर्दै आवश्यक सहयोग महानगरले गर्ने बताउनुभएको थियो । सक्नेले श्रम गर्नुपर्ने र नसक्नेहरुलाई सबै मिलेर व्यवस्थापन गर्नुपर्ने उहाँले पत्रकार सम्मेलनमा बताउनुभएको थियो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: