×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय सहकारी बैंकको एकै दिन ४ नयाँ शाखा विस्तार

PRIME CA
GLOBAL IME BANK

राष्ट्रिय सहकारी बैंकको एकै दिन ४ नयाँ शाखा विस्तार

२४ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले काठमाडौ र भक्तपुरका विभिन्न स्थानमा एकै दिन थप ४ वटा शाखा सञ्चालनमा ल्याएको छ । भक्तपुरको कमलविनायक तथा काठमाडौंको किर्तिपुर, कालीमाटी र जोरपाटीमा आइतवार एकै दिन शाखा शुभारम्भ गरिएको हो । 
बैंकका अध्यक्ष के.बी.उप्रेतीले छुट्टा छुट्टै समयमा चार वटा शाखाको उद्घाटन गरेका हुन् । नेपाल राष्ट्र बैंकले थप २४ वटा शाखा सञ्चालनको अनुमति दिएपछि बैंकले शाखा सञ्चालनको प्रक्रिया थालनी गरेको थियो । 
काठमाडौं र भक्तपुरमा चार ठाउँमा एकै दिन चारवटा शाखा सञ्चालनमा ल्याएका छौ, अध्यक्ष उप्रेतीले भने–‘लगत्तै थप २० वटा शाखा पनि सञ्चालनमा आउदैछन् ।’ काठमाडौमा नारायणगोपाल चोक, नया बजार, पुतली सडक, बलम्बु र कोटेश्वर, भुक्तपुरको सूर्यविनायक, ललितपुरको इमाडोल र चितवनको टाडीमा पनि शाखा सञ्चालनको तयारी छ । 
बैंकमा हाल १२ हजार २ सय ८३ सहकारी संघ संस्था सदस्य रहेका छन् । नेपाल सरकार सहित देशभरका सहकारी संघ सस्थाहरुको शेयर रहेको बैंकमा हाल २ अर्ब ४८ करोड शेयर रकम, ५१ अर्ब ३६ करो निक्षेप र २४ अर्ब २८ करोड कर्जा लगानी रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: