×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएमडीसी लघुवित्तको खुद नाफा १७ प्रतिशतले घट्यो, अन्य वित्तीय सूचकहरुमा पनि गिरावट !

PRIME CA

आरएमडीसी लघुवित्तको खुद नाफा १७ प्रतिशतले घट्यो, अन्य वित्तीय सूचकहरुमा पनि गिरावट !

१९ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार संस्थाले ६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले कम हो । गत वर्षमा संस्थाले यहि अवधिमा ७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, संस्थाको खुद ब्याज आम्दानी १० करोड १८ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा एक करोड ६७ लाख रुपैयाँ कम हो । गत वर्ष संस्थाले ११ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ११ करोड ५६ लाख रुपैयाँबाट घटेर ९ करोड ६१ लाख रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन ७ अर्ब ५५ करोड रुपैयाँबाट घटेर ६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी ८ अर्ब ११ करोड रुपैयाँबाट बढेर ८ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । हाल एक अर्ब ३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको जगेडा कोषको रकम बढेर एक अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । 
यता, संस्थाको प्रतिसेयर आम्दानी २३.४३ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ २५३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.५३ गुणा रहेको छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९ सय ५६ रुपैयाँ रहेको छ । त्यसैगरी, लघुवित्तको कष्ट अफ फण्ड घटेर ५.५९ प्रतिशत र निष्क्रिय कर्जा बढेर ०.००५९ प्रतिशतमा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: