- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा २३.२८%ले बढेको छ । गत वर्ष २ करोड २८ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले यस वर्ष बढाएर २ करोड ८१ लाख २७ हजार रुपैयाँ पुर्याएको छ ।
यस्तै, संस्थाको खुद ब्याज आम्दानी १.६७% ले बढेर ३ करोड ९१ लाख ४३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ३ करोड ८५ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । यता सञ्चालन नाफा भए ३ करोड ५६ लाख १३ हजार रुपैयाँबाट घटेर ३ करोड ५६ लाख १३ हजार रुपैयाँमा सिमित भएको छ ।
असोज मसान्तसम्ममा संस्थाले चुक्ता पुँजी ६७ करोड १५ लाख २३ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा १७ करोड ५३ लाख ७१ हजार रुपैयाँ छ । यता, संस्थाको खराब कर्जा ०.१६% ले बढे ०.३५% पुगेको छ । समिक्षा अवधिमा संस्थाकोको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ १२ पैसा रहेको छ ।