
- अर्थ सरोकार सम्बाददाता
बाजुरा । सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार बाजुरा जिल्ला हिमाली गाउँपालिका–४ का २७ वर्षीय रुपचन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
ब्राजिलमा आफ्नो परिवार गम्भीर बिरामी भएकाले आफूलाई निकै ठूलो समस्या परेको भनी महिलालाई फेसबुकमार्फत साथी बनाई पटकपटक गरी दश लाख २८ हजार ७०० ठगी गरेको खुल्न आएको प्रहरी प्रवक्ता अधिकारीले बताए ।
महिलालाई विश्वासमा लिएर तत्काल फिर्ता गर्छु भनी पैसा ठगी गर्ने पाण्डेलाई प्रहरीले बाँकेको नेपालगञ्जबाट पक्राउ गरी ‘आपराधिक विश्वासघात तथा आपराधिक लाभ’ सम्बन्धी कसुरमा स्याङ्जा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको उहाँको भनाइ छ । प्रहरीले पक्राउ परेका युवकलाई अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान शुरु गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्