×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Q1 Report : समता लघुवित्तको खुद नाफा १ करोड ११ लाख रुपैयाँ, इपिएस कति ? (विस्तृत विवरणसहित)

PRIME CA

Q1 Report : समता लघुवित्तको खुद नाफा १ करोड ११ लाख रुपैयाँ, इपिएस कति ? (विस्तृत विवरणसहित)

२४ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको अधिकांश सूचक बढेको छ । यो पहिलो त्रैमासमा संस्थाले १ करोड ११ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण प्रकासित गरेको छ । यो नाफा गत वर्षको तुलनामा २९४.५६% धेरै हो ।गत वर्ष संस्थाले २८ लाख ३६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी भने २७.२७% ले घटेर १ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसले २ करोड ३३ लाख ५१ ह्जार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असोज मसान्तसम्म कम्पनी ८२ लाख ३८ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । अघिल्लो वर्ष कम्पनीले १४ लाख २७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । 
यो असोज मसान्तसम्ममा संस्थाले ६५ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८३ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी २२ करोड ९३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १२ करोड ५१ लाख रुपैयाँ रहेको छ । 
यता, संस्थाको खराब कर्जा पनि घटेको छ । गत वर्ष २.२२% रहेको यसको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा घटेर १.६९% मा सिमित भएको छ । संस्थाको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ४२ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ४९ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: