×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउदीले पाकिस्तानको नक्साबाट गिलगिट-बलुस्तान र पीओके हटाएपछि नेताहरुले भने – ‘भारतलाई दिपावलीको उपहार’

PRIME CA
GLOBAL IME BANK

साउदीले पाकिस्तानको नक्साबाट गिलगिट-बलुस्तान र पीओके हटाएपछि नेताहरुले भने – ‘भारतलाई दिपावलीको उपहार’

१६ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

नयाँ दिल्ली । साउदी अरेबियाले पाकिस्तानको नक्साबाट गिलगिट बाल्टिस्तान र पाकिस्तान प्रशासित काश्‍मीरलाई हटाएको छ । साउदीले यी तीन प्रान्तलाई एक छुट्दै स्वतन्त्र मुलकको रुपमा राखेको छ । 

साउदीको यस कदमलाई स्वागत गर्दै पाकिस्तान प्रशासित काश्मीरका नेताहरुले भारतलाई दीपावलीको उपहार भएको बताएका छन् । पाकिस्तान प्रशासित काश्‍मीरका नेता अमजद अयुब मिर्जाले बुधबार ट्विट गर्दै भनेका छन्, “साउदी अरबले पाकिस्तान प्रशासित काश्‍मीर र गिलगिट बाल्टिस्तानलाई पाकिस्तानको नक्साबाट हटाएको छ ।”
त्यसैगरी उनले एक तस्बिर राख्दै भारतलाई ‘साउदी अरबको दीपावलीको उपहार’ भनेर लेखेका छन् । पाकिस्तानलाई थप धक्का दिनका लागि पाकिस्तानले फिर्ता गरेको एक बिलियन अमेरिकी डलर भारतको रिलायन्स जिओ फाइबरमा लगानी गर्ने घोषणा गरेको छ । यतिमै मात्र यो क्रम रोकिएको छैन । साउदी अरबले २१-२२ नोभेम्बरमा हुने जी-२० बैठकको आयोजना गर्नुका साथै आफ्नो अध्यक्षताको सम्झनामा २० रियालको नयाँ नोट सार्वजनिक गरेको छ । 
उक्त नोटको एक भागमा विश्वको नक्सा देखाइएको छ । जसमा गिलगिट-बालिटस्तान र काश्‍मीर पाकिस्तानको नक्साबाट हटाइएको छ । काश्‍मीर क्षेत्रका विषयमा विगत ७० वर्षदेखि भारत र पाकिस्तानबीच द्वन्द्व चलिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१९ अगस्तमा धारा ३७० खारेज गर्दै जम्मु काश्‍मीरलाई केन्द्र शासित प्रान्तको रुपमा मान्यता दिएपछि पाकिस्तान आक्रोशित बनेको छ । 
यसअघि ५ अगस्त २०२० मा पाकिस्तानले काश्मीरलाई आफ्नो दाबी गर्दै नयाँ नक्सा सार्वजनिक गरेपछि साउदीले पनि पाकिस्तानको नक्साबाट गिलगिट-बाल्टिस्तान र काश्‍मीरलाई हटाएको हो । जुन पाकिस्तानका लागि ठूलो धक्का सावित भएको छ । पाकिस्तानले भने यस विषयमा कडा आपत्ति जनाएको छ । -पब्लिक न्युज एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: