- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ कम्पनीको २७ लाख ६४ हजार ७०१ कित्ता सेयर सूचिकृत भएको छ । आइतबारको कारोबारमा हिमालय जनरल इन्स्योरेन्स र सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सुचिकृत भएको हो ।
हिमालय जनरल इन्स्योरेन्सको ४ लाख १० हजार ८ सय ८० कित्ता बोनस सेयर सूचीकृत भएको छ । भने, सारथी लघुवित्त २३ लाख ५३ हजार ८ सय २१ कित्ता सेयर सूचिकृत भएको छ ।
सारथी लघुवित्तले साबिक नयाँ नेपाल लघुवित्त वित्तीय संस्थालाई १ः१ को अनुपातमा गाभिदा प्राप्त हुन आएको २३ लाख ५३ हजार ८ सय २१ कित्ता सेयर सूचीकृत भएको हो ।