×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानको उम्मेदवारी घोषणा कार्यक्रममा गोल्छाले भने – ‘महासंघ भित्र फैलिएको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्छ’ (भिडियो)

PRIME CA
GLOBAL IME BANK

प्रधानको उम्मेदवारी घोषणा कार्यक्रममा गोल्छाले भने – ‘महासंघ भित्र फैलिएको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्छ’ (भिडियो)

१७ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघ भित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्ने बताउनुभएको छ । महासंघलाई पूर्व अध्यक्षहरुले राजनीति गर्ने थलो बनाएको प्रति इङ्गित गर्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले अव निर्वाचित व्यक्तिहरुले नै महासंघलाई हाँक्ने बताउनुभयो । महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यायसी किसोर प्रधानले उम्मेदवारी घोषणा गर्न काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै हालका वरिष्ठ उपाध्यक्ष गोल्छाले राजनीतिक क्यान्सरलाई हटाउनैपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो ‘उद्योग वाणिज्य महासंघमा एउटा क्यान्सर फैलिएको छ । राजनीतिको क्यान्सर । अवको समयमा हामीले त्यो क्यान्सरलाई निकाल्न सक्नुपर्छ । जो निर्वाचित व्यक्तित्वहरु हुनुहुन्छ उनीहरुले नै उद्योग वाणिज्य महासंघ हाँक्न सक्नुपर्छ । अरु कोही व्यक्ति जो निर्वाचित छैनन उनीहरुको कुनै चलखेल हामी उद्योग वाणिज्य महासंघमा हुन दिदैनौं । किन भने यो सबै विक्रीती हो भन्ने मलाई लाग्छ ।’
 सबै पूर्व अध्यक्षहरुसँग सल्लाह र सुझाव लिने तर उहाँहरुको राजनीतिमा नपर्ने गोल्छाले बताउनुभयो । निर्वाचित हुनेहरु मात्रै मतदाताप्रति उत्तरदायी हुने भएकाले आफुले नेतृत्वगर्ने समूह अहिलेसम्म भएका राजनीतिक विकृति विसंगति हटाउन सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
आफुले राजनीति गर्न नभई काम गर्न आएको समूहलाई रोजेको स्पस्ट पार्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले निजी क्षेत्रको सेवा गर्न आफूहरु सक्षम हुने समेत बताउनुभयो । उहाँले महासंघलाई समस्याको समाधान गर्ने निकायको रुपमा मात्रै सिमित नगरेर नेपालको समग्र निजी क्षेत्रको सुदृढीकरणका लागि काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । वरिष्ठ उपाध्यक्ष गोल्छाले आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि प्रत्यायसी किसोर प्रधानको समूहलाई साथ दिनुभएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: