×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकले ल्यायो ‘व्यवसायीक कृषि तथा पशुपालन कर्जा’ योजना, कृषि व्यवसायीलाई १० करोडसम्म सहुलियत कर्जा दिने

PRIME CA
GLOBAL IME BANK

सिद्धार्थ बैंकले ल्यायो ‘व्यवसायीक कृषि तथा पशुपालन कर्जा’ योजना, कृषि व्यवसायीलाई १० करोडसम्म सहुलियत कर्जा दिने

२१ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ बैंकले कृषि व्यवसायीलाई १० करोड रुपैयाँसम्मको कर्जा सुविधा दिने भएको छ । बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रबर्दन तथा विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सो मात्राको कर्जा सुविधा दिने भएको हो ।
जसको लागि बैंकले ‘व्यवसायीक कृषि तथा पशुपालन कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ । कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्धन गरी देशमा उत्पादन एवं रोजगारी अविवृद्धि गर्ने उद्देश्यका साथ बैंकले यो कर्जा सुविधा ल्याएको हो ।
कृषि क्षेत्रको विकासमा मध्यनजर गर्र्दै बैंकले प्रवाह गर्ने यस कर्जा सुविधाले ग्राहकहरुलाई कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुन अझ बढि हौसला पुग्ने र कृषि क्षेत्र बिस्तारै आधुनिकीकरण एवं व्यवसायीकरणतर्फ उन्मुख हुने विश्वास बैंकको रहेको छ ।
यस सहुलियतपूर्ण कर्जामा बैंकले आफ्नो आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था रहेको छ । यस कर्जा योजनाका प्रमुख विशेषता भनेको १० करोडसम्मको कर्जा सुविधा, प्रशासनिक/नवीकरण शुल्क नलाग्ने र १५ वर्ष सम्मको कर्जा अवधि (ब्याज अनुदान ५ वर्ष सम्म प्राप्त हुने) रहेको छ ।
यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको सहकार्यमा ग्राहक समक्ष ल्याईएको देशको कृषि तथा पशुपन्छीजन्य क्षेत्रका उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो । यस कर्जाका लागि आवेदन दिन तथा थप जानकारीका लागि आफ्नो नजिकैको शाखा वा बैंकको ग्राहक सेवा केन्द्र, ०१-५९७००२० मा सम्पर्क गर्न बैंकले सबै ग्राहकलाई अनुरोध गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: