×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भोकले हारेका नेपालीको सरकारलाई गुनासो: ‘…मिति पुग्यो टारेर टर्दैन, इन्द्रै बिन्ति गरुन् झुकेर पाउमा, बिन्ति सुन्दैन’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

भोकले हारेका नेपालीको सरकारलाई गुनासो: ‘…मिति पुग्यो टारेर टर्दैन, इन्द्रै बिन्ति गरुन् झुकेर पाउमा, बिन्ति सुन्दैन’

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । आफ्नो देश छोडी विदेशिने रहर कसलाई पो हुन्छ र ? तर शरिर धान्नको लागि पनि पेट भर्न अति नै जरुरी हुन्छ । कोरोनाले जागिर खोस्यो, जेनतेन कमाएर ल्याएको सबै पैसा सकिएपछि सयौँको संख्यामा नेपालीहरु भारत प्रवेशका लागि सिमानाकामा पुग्ने गरेका छन् । 
मानव सभ्यतालाई नै चुनौति दिनेगरी माहामारीको रुप लिएको कोरोना भाइरसको आतंकले विश्वलाई घुँडा टेकाएको छ । भारतमा मजदुरी गर्दै आएका कयौँ नेपालीहरु जागिरविहिन बनेपछि मरेपनि स्वदेशमै मर्छु भन्दै नेपाल फर्किएका उनिहरु त्यहि ज्यान जोगाउनको लागि भारत छिर्न थालेका छन् । देशमा संघियता र गाउँगाउँमा सिंहदरबारको नारा गुञ्जिरहेको बेला आफुले भने सरकार भएको अनुभुति गर्न नपाएको भारत प्रवेश गर्दै गरेका रमेश आउजीले बताए । उनले भने, ‘जति गुहार गरेपनि यो सरकारले आफ्नो स्वार्थ मात्रै देख्छ, हाम्रो दुःख होइन ।’ 
काखैमा हुर्किदै गरेको दुधे बालकसँगै वृद्धहरुपनि यतिबेला सिमानाकामा परदेश जाने लामो लाईनमा उभिएका देखिन्छन् । सिमानाकामा पुगेका उनिहरुको मुहारमा कोरोनाको डर, त्रास भन्दापनि बढी भोक र पिर स्पष्ट देखिन्छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: