×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उखु किसानको बाँकी भुक्तानी रकम एक महिनाभित्र दिन उद्योग वाणिज्‍य मन्त्रालयलाई समितिको निर्देशन ! (भिडियो रिपोर्ट)

PRIME CA

उखु किसानको बाँकी भुक्तानी रकम एक महिनाभित्र दिन उद्योग वाणिज्‍य मन्त्रालयलाई समितिको निर्देशन ! (भिडियो रिपोर्ट)

२३ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । संसदीय समितिले रौतहटको श्रीराम सुगर मिल्सले उखु किसानलाई नदिएको रकम एक महिना भित्र भुक्तानी हुनेगरी समन्व गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकले श्रीराम सुगर मिल्सबाट उत्पन्न समस्याको समाधान एक महिना भित्र सम्पन्न गरी समितिमा जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको हो । 
रौतहटमा रहेको श्रीराम सुगर मिल्सले किसानबाट उखु खरिद गरी करोडौं रुपैयाँ भुक्तानी दिएको छैन् । त्यस्तै आठ दश महिना याता उद्योग बन्द गरी मजदूरको समेत मारिश्रमिक दिएको छैन् । बैठकपछि पत्रकारसँग कुराकानी गर्दै समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले उद्योग मन्त्रालयले एक महिना भित्र सबै निकायसँग समन्वय गरी समस्याको निकास दिई समितिलाई जानकारी दिन निर्देशन दिइएको बताउनुभयो । 
यस्तै चाडपर्वको समय भएकाले सम्बन्धित मन्त्रालयले उखु किसान र मजदूरहरुलाई तत्काल राहत स्वरुप केही रकम भुक्तानी दिइसक्ने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको सभापति श्रीवास्तवले बताउनुभयो । श्रीराम सुगर मिल्सले किसानबाट उखु खरिद गरेको भुक्तानी नदिई गत साउन ११ गते सूचना प्रकाशन गरी उद्योग सधैको लागि बन्द भएको जानकारी गराएको थियो । 
त्यससँगै किसानहरुले पाउनुपर्ने करिब ४१ करोड रुपैयाँ पाउन सकेका छैनन् । यस्तै श्रमिक तथा कर्मचारीले पनि ६/७ महिनाको तलब भत्ता र कर्मचारी सञ्चयकोषमा रहेको करिब ४ करोड रुपैयाँ पाएका छैनन् । चिनि मिलसँग भुक्तानी माग्दा जग्गा विक्री भएपछि मात्रै भुक्तानी दिने जवाफ आएको भन्दै किसानहरु अन्योलमा परेका छन् । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: