×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बुधबार घटेको सुनको मूल्य आज फेरी घट्यो, विवाहको मौसममा जनतालाई फाइदै-फाईदा ! (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहिबार पनि सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८० हजार ९ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४१ रुपैयाँ ५० पैसा कायम गरेको छ । यता सुनचाँदीको मूल्य घटेसंगै विवाहको समयमा भने जनताले थोरै भएपनि राहत पाएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: