×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकले लगानीकर्ताहरुलाई ८.२८% लाभांश दिने, चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ पुग्ने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सनराइज बैंकले लगानीकर्ताहरुलाई ८.२८% लाभांश दिने, चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ पुग्ने !

Artha Sarokar

८ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई ८.२८% लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट लगानीकर्ताहरुलाइ ५.८०% बोनस सेयर र २.४८% नगद गरी कुल ८.२८% लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् । बैंकले ५२ करोड १ लाख ३३ हजार ६३.२९ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने २२ करोड २४ लाख १ हजार ७२३.६२रुपैयाँ नगद लाभांश बाँड्नेछ । बोनस वितरणपछि चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी