×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको “सनराइज स्मार्ट बचत खाता” संचालनमा, घरमै बसेर बचत खाता खोल्न सकिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सनराइज बैंकको “सनराइज स्मार्ट बचत खाता” संचालनमा, घरमै बसेर बचत खाता खोल्न सकिने !

Artha Sarokar

१२ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । सनराइज बैंकले तुरुन्तै बचत खाता खोल्न सकिने गरी “सनराइज स्मार्ट बचत खाता” ल्याएको छ । यस सुविधा अन्तर्गत ग्राहकहरुले अनलाइन मार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् । उक्त खाता सक्रिय भएपछि ग्राहकहरुले रकम जम्मा गर्न सक्नुका साथै डिजिटल ट्रान्जेक्सन समेत गर्न सक्ने बैकंले जनाएको छ । 
उक्त खाताका ग्राहकहरुले मोबाइल बैंकिङ्ग प्रयोग गरी आफैले मुद्ती खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ । यस सुविधा अन्तर्गत ग्राहकहरुले बैंकको आधिकारीक वेभसाइटमा गई कुुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण भने पेश गर्नुपर्नेछ । यसरी अनलाइनबाट खोलिएका “सनराइज स्मार्ट बचत खाता” शुन्य मौज्दातमा खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याज समेत दिने बैंकले जनाएको छ । यधपी ग्राहकहरुले खाता खोलेको १ वर्ष भित्र भने बैंकमा उपस्थित भइ आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी