×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्योदय लघुवित्त उकालो लाग्न असफल, खुद नाफा ४९.६७ प्रतिशतले गिरावट (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सूर्योदय लघुवित्त उकालो लाग्न असफल, खुद नाफा ४९.६७ प्रतिशतले गिरावट (विवरणसहित)

Artha Sarokar

२५ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले १ करोड १८ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनमा १६.५९% ले कम हो। गत वर्षको सोहि अवधिमा संस्थाले १ अर्ब ४१ करोड ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै संस्थाको खुद ब्याज आम्दानी भने बढेको छ । गत वर्ष ३ करोड ६९ लाख २१ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यो वर्ष ५ करोड ७८ लाख ९२ हजार रुपैयाँ पुगेको छ । यता, सञ्चालन नाफा भने ७६.६५ ले घटेको छ । सञ्चालन नाफा २ करोड २ लाख ९३ हजार रुपैयाँबाट घटेर ४७ लाख ३७ हजार रुपैयाँमा खुम्चिएको छ । 
यता संस्थाको खराब कर्जा २% ले बढेर २.९३% पुगेको छ । अघिल्लो वर्ष संस्थाको खराब कर्जा ०.९३% मात्रै थियो । असोज मसान्तसम्ममा संस्थाको प्रतिसेयर आम्दानी वार्षिक २२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ५७ पैसा रहेको विवरणमा उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी