×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सूर्या लाइफ इन्स्योरेन्सको खुद बिमा शुल्क ४४.५० प्रतिशतले बढ्यो, कति कमायो नाफा ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले १० करोड १६ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा २८.९५% ले धेरै हो । अघिल्लो वर्षको यहि अवधिमा कम्पनीले ७ करोड ८७ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै, कम्पनीको खुद बिमा शुल्क ४४.५०%ले बढेको छ । गत वर्ष ५७ करोड ९१ लाख ११ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष बढाएर ८३ करोड ६८ लाख ४१ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । यता, जीवन बिमा कोषको आकार पनि ४१.८७% ले बढेर ८ अर्ब ७ करोड ४६ लाख ४५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको जीवन बिमा कोषमा ५ अर्ब ६९ करोड १२ लाख ३० हजार रुपैयाँ मात्रै थियो । 
यो असोज मसान्तसम्ममा कम्पनीले १८ करोड ३७ लाख ६६ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी रकम २ करोड १६ लाख ८१ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १८ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ७८ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: