×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्तको सामान्य प्रगति, खुद नाफा ४.६४ प्रतिशतले वृद्धि हुँदा इपिएस कति ? (विवरणसहित)

PRIME CA

स्वावलम्बन लघुवित्तको सामान्य प्रगति, खुद नाफा ४.६४ प्रतिशतले वृद्धि हुँदा इपिएस कति ? (विवरणसहित)

२४ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वावलम्बन लघुवित्तको आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले १२ करोड ७७ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ४.६४ प्रतिशतले धेरै हो । गत वर्ष संस्थाले १२ करोड २० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै, संस्थाको खुद ब्याज आम्दानी १.८८ प्रतिशतले बढेर ३२ करोड ६७ लाख १४ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाको खुद ब्याज आम्दानी ३२ करोड ६ लाख ७२ हजार रुपैयाँ रहेको थियो । गत वर्ष १९ करोड ३७ लाख १९ हजार रुपैयाँ रहेको सञ्चालन नाफा असार सम्ममा २० करोड २७ लाख १० हजार रुपैयाँमा सीमित भएको छ । 
यो असोज मसान्तसम्ममा संस्थाको चुक्ता पुँजी ७९ करोड २३ लाख ९९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ६८ करोड ६७ लाख ८७ हजार रुपैयाँ छ । यता, खराब कर्जा अनुपात ०.९१% बाट बढेर २.९५% पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६४ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ ३१२ रुपैयाँ ८७ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: