×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनाइटेड इदी मर्दीको ८ लाख ७३ हजार ९१० कित्ता आइपीओ बाँडफाँट, ८१ हजार २७३ जनाले पाए १० कित्ता !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । ग्लोबलको कार्यालय जमल, काठमाडौंमा कम्पनीको आइपिओ बाँडफाँट भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीको आ पीओको प्रि–अलोटमेन्ट बिहीबार सम्पन्न भएको थियो । 
कम्पनीको आइपीओमा ५ लाख ४१ हजार २६३ जनाले आवेदन दिएका छन् । ८१ हजार २७३ जनालेमात्रै गोलाप्रथामार्फत १० कित्ताका दरले मात्र आइपीओ पाएका छन् । बाँकी ४ लाख ५९ हजार ९८९ जना आइपीओ पाउनबाट बञ्चित भएका छन् । 
यसमा कुल ९४ लाख ९८ हजार ४०० कित्ताका लागि ९४ करोड ९८ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यो आवेदन सर्वसाधरणबाट माग गरिएको भन्दा ११.६८ गुणा बढी हो । इदी मार्दीले मंसिर ३ देखि ७ गतेसम्म आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको २ लाख ४३ हजार ९१० कित्ता सेयरसमेत थप गरी कुल ८ लाख ७३ हजार ९१० कित्ता सेयर खुला गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: