
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार जोरबिजोर प्रणाली उल्लंघन गर्ने ७३७ सवारीसाधनलाई नियन्त्रणमा लिईएको छ । ट्राफिक प्रहरीले जोरबिजोर प्रणाली उल्लंघन गर्ने ७३७ सवारीसाधनलाई नियन्त्रणमा लिएको हो । जसमा ५७० वटा दुई पाङ्ग्रे र १६७ वटा चार पाङ्ग्रे सवारीसाधन रहेका छन्।
तिहार र कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै यतिबेला उपत्यकामा सवारी चेकजाँचलाई तिब्र पारिएको छ । यस्तै काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । आज उपत्यकामा जोर नम्बरका सवारीसाधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्