×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियाली विकास बैंक र अर्थ मन्त्रालयबीच सम्झौता, विद्युत ग्रीड आधुनिकिकरणका लागि सहुलियतपूर्ण ऋण दिइने (भिडियो)

PRIME CA

एसियाली विकास बैंक र अर्थ मन्त्रालयबीच सम्झौता, विद्युत ग्रीड आधुनिकिकरणका लागि सहुलियतपूर्ण ऋण दिइने (भिडियो)

१५ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । एसियाली विकास बैंक र अर्थ मन्त्रालयबीच विद्युत ग्रीड आधुनिकिकरण आयोजनाका लागि सहुलियतपूर्ण ऋण सहायता परिचानल गर्ने सम्बन्धी सम्झौता भएको छ । बुधबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंक नेपालका कार्यालय प्रतिनिधि रुदी लुइस हेन्ड्रिकस भान्देलले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार एसियाली विकास बैंकले १ सय ५६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने छ । 
अर्थ मन्त्रालयका सहसचिव नेपालले एडिबीबाट प्राप्त ऋण सहायतामा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणले थप लगानी गरी १ सय ९५ मिलियन अमेरिकी डलरको परियोजना कार्यान्वयनमा ल्याइने बताउनुभयो । यो आयोजनाले विद्युत वितरण सम्बन्धी तीन वटा मुख्य कृयाकलापलाई जोड दिएको छ । विद्युत सबस्टेसनलाई स्वचालित बनाउने, विद्युत वितरणलाई विश्वसनिय र गुणस्तरीय बनाउने काम आयोजनाले गर्ने सहसचिव नेपालले बताउनुभयो । आयोजनाले नेपाल विद्युत प्राधिकरणको संस्थागत क्षमता अभिवृद्धि गर्नलाई सहयोग गर्ने विश्वास गरिएको छ । आयोजना ५ वर्षमा सम्पन्न हुनेछ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: