×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कहिले हुँदैछ कामना सेवा विकास बैंकको १४औं वार्षिक साधारणसभा ?

PRIME CA

कहिले हुँदैछ कामना सेवा विकास बैंकको १४औं वार्षिक साधारणसभा ?

८ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कामना सेवा विकास बैंकले १४औं वार्षिक साधारणसभा पुस २९ गते बोलाएको छ । सभा पार्क भिलेज रिसोर्ट बूढानीलकञ्ठमा बिहान १० बजेदेखि हुनेछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ४.४०% बोनस सेयर र कर प्रयोजनका लागि ०.२३% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
सभामा बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । सभाका लागि बैंकले पुस १६ गते बुक क्लोज गर्दैछ । पुस १५ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: