×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धार्मिक स्वतन्त्रता हनन् गर्ने देशहरूको सूचीमा पाकिस्तान र चीन पनि !

PRIME CA
GLOBAL IME BANK

धार्मिक स्वतन्त्रता हनन् गर्ने देशहरूको सूचीमा पाकिस्तान र चीन पनि !

२५ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अमेरिकाले पाकिस्तान र चीनलाई धार्मिक स्वतन्त्रताको हनन् हुने आठ देशहरूको सूचीमा मनोनयन गरेको छ । विदेश सचिव माइक पोम्पीओद्वारा सोमबार जारी विज्ञप्तिमा पाकिस्तान र चीनलगायत म्यानमार, एरिट्रिया, ईरान, नाइजेरिया, उत्तर कोरिया, सउदी अरेबिया, ताजिकिस्तान र तुर्कमेनिस्तानलाई उक्त सूचीमा राखिएको जनाइएको छ । यी मुलुकहरूले लगातार योजनाबद्ध रूपमा धार्मिक स्वतन्त्रताको लगातार घोर उल्लंघन गर्दै आएको बिज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी परराष्ट्र विभागले कोमोरोज, क्युबा, निकारागुआ र रसियालाई विशेष निगरानी सूचीमा राखेको छ । यी देशहरूमाथी पनि धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघनमा संलग्न रहेको वा उल्लंघन गर्न छुट दिरहेको आरोप लगाइएको छ ।
पोम्पीओको बिज्ञप्तिमा धार्मिक स्वतन्त्रता अपरिहार्य अधिकार रहेको भन्दै यो स्वतन्त्रता चाहनेहरुलाई जोगाउनको लागि सो कदम चालिएको उल्लेख छ । संयुक्त राज्य अमेरिकाले अल शबाब, अल कायदा, बोको हराम, हयात ताहिर अल-शम, होथी, आईएसआईएस, आईएसआईएस-ग्रेटर सहारा, आईएसआईएस-पश्चिमी अफ्रिका, जमात नासेर अल इस्लामावल मुसलमीन र तालिबानलाई विशेष चिन्ताको संगठनको सूचीमा राखिएको पनि उल्लेख गरिएको छ ।
पोम्पीओले गत वर्ष सुडान र उज्बेकिस्तान सरकारले गरेको उल्लेखनीय र ठोस प्रगतिका कारण उनीहरूलाई विशेष निगरानी सूचीबाट हटाइएको बताए । उनले कानून सम्बन्धी सुधारका कारण यी देशहरु अरु राष्ट्रहरुको लागी आदर्श बनेका पनि भने । अमेरिकाले विश्वव्यापी रूपमा धर्मको नाममा हुने दुरुपयोग र दमनको अन्त्य गर्न अथक प्रयास गरिरहने उनले प्रतिबद्धता जाहेर गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: