- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । उनी आइतबार उपाध्यायमा निर्विरोध निर्वाचित भएका हुन् ।
संघको मंगलबार हुने साधारणसभाबाट नयाँ पदाधिकारीको घोषणा हुनेछ । यस्तै एसोसिएसनको बाँकी रहेको दुई सदस्यमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एसबीआइका सीईओ दीपककुमार डे निर्विरोध निर्वाचित भएका छन् ।