
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । २०५९ सालमा स्थापित सिद्धार्थ बैंकले शुक्रबार १८ वर्ष पूरा गरेको छ । अठार वर्षको यात्रामा बैंकले वित्तीय एवं अन्य विभिन्न सूचकांकहरुमा उल्लेखनीय प्रगति हाँसिल गरेको छ । बैंकको हालको चुक्ता पूँजी. ९ अर्ब ८७ करोड सहित कुल सम्पत्ति १६ अर्व रहेको छ । यस बैंकले १५७ अर्व निक्षेप संकलन गरी १३६ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ भने देशभरका १८८ शाखा एवं सेवा केन्द्रमार्फत १० लाखभन्दा बढी सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै सुरक्षित तवरले आधुनिक सूचना प्रविधिको माध्यमबाट विभिन्न कार्ड सेवा, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, अनलाईनबाटै खाता खोल्न सकिने जस्ता विभिन्न बैंकिङ्ग सुविधाहरुको सरल एवं ग्राहक मैत्री सेवा प्रवाह गर्दै आएको छ । वित्तीय क्षेत्रको एक अग्रणी संस्थाको रुपमा स्थापित यस बैंकले झण्डै दुई हजार पाँचसय व्यक्तिलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ भने देशको राजश्वमा गत वर्ष मात्रै २ अर्बभन्दा बढीको योगदान पु¥याएको छ ।
जिम्मेवार एवं अग्रणी वित्तीय संस्थाको हैसियतले आफ्नो लगानीलाई उत्पादनमुलक क्षेत्रतर्फ केन्द्रित गर्दै अर्थतन्त्रकै महत्वपूर्ण आधार मानिएका कृषि, पर्यटन, उर्जा तथा औद्योगिक उत्पादनका क्षेत्रमा बैंकले उल्लेख्य कर्जा लगानी गरेको बैंकले जनाएकाे छ । बैंकले मुलभूतरुपमा लघु, साना तथा मझौलास्तरका उद्यम व्यवसायलाई लक्षित गरी कर्जा लगानी गर्ने नीति अवलम्बन गरी सोही अनुसार कर्जा प्रवाह गरिरहेको छ ।
यसै क्रममा स्थापनाको १८औं वार्षिकोत्सवको अवसरमा बैंकले देशभरका १४ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साथै आम ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग प्रणालीतर्फ समाहित हुन अभिप्रेरित गर्ने उद्देश्यले प्रोत्साहन स्वरुप विभिन्न प्रकारका क्यासब्याक योजनाहरु समेत सार्वजनिक गरेको छ जस अनुसार बैंकका ग्राहकहरुले कार्डमार्फत भुक्तानी गर्दा निश्चित रकम फिर्ता प्राप्त गर्न सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्