- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अपि पावरको १३ लाख ४६ हजार कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले पुस ६ गतेदेखि सर्वसाधारण समूहको १३ लाख ४६ हजार २१८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोलमा सहभागी हुनुपर्नेछ ।
संस्थाको सो सेयरमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछ । यस्तै सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर, विर्तामोड, वीरगन्ज, जनकपुर, हेटौडा, नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगन्ज, धनगढी, सुर्खेत र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ ।