
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) ले बुढनीलकण्ठ नगरपालिकाको चुनिखेलमा आफ्नो १२६औं एटीएम विस्तार गरेको छ । करुणा अस्पताल परिसरमा स्थापित सो एटीएमको उद्घाटन बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल, बागमती प्रदेश सभासद नुच्छे, नारायण श्रेष्ठ, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति अध्यक्ष भिक्षु थुप्टेन जिकडोल, करुणा अस्पाताल अध्यक्ष तीर्थलाल श्रेष्ठ र वडाअध्यक्ष (बु.न.पा. १३) श्रीकृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बैंकले हाल ८३ वटा शाखा, १२६ वटा एटीएमहरू, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाईसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन-युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी-नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्