×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : बागलुङको पञ्चकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थाल्यो, देशभर अरु कहाँ-के भयो ?

PRIME CA

देश बोल्ने फोटो कथा : बागलुङको पञ्चकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थाल्यो, देशभर अरु कहाँ-के भयो ?

१६ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय पञ्चकोटमा बढेका आन्तरिक पर्यटकदेखि आज देशभर भएका गतिविधिलाई समेटाका छौं। 
हेरौं फोटो समाचार :
बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय पञ्चकोटमा आन्तरिक पर्यटक । कोरोना महामारीका कारण सुनसान रहेको पञ्चकोटमा विस्तारै विस्तारै आन्तरिक पर्यटकको चहलपहल हुन थालेका छन् ।
आन्तरिक तथा वाह्य पर्यटकहरुको लागि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात हेलम्बुमा थप पर्यटकीय गन्तब्यको विकास गरिएको छ । यहि मङ्सिर १८ गते नेरिका एडभेन्चरर्सका आरोही सतिस मान पतिको नेतृत्वमा तीन सदस्यीय आरोही टोलीले हेलम्बु क्षेत्रमा रहेको ५६०५ मिटर अग्लो नयाँ बेमेथाङ पिकको सफतापूर्वक आरोहण सम्पन्न गरेको हो । 
पाल्पा रम्भा गाउँपालिका वडा नं १ हुँगीस्थित लालीगुराँस महिला समूहको भेला बस्दै । 
हेलम्बु गाउँपालिकाले पर्यटन प्रर्वद्धनका लागि हेलम्बु हाइ सर्किट ट्रेकिङ रुटको विकास गर्ने उद्देश्य अनुरुप उक्त क्षेत्रमा रहेको पाँच हजारदेखि छ हजार मिटर उचाइसम्मका हिमालहरुको आरोहण खुल्ला गर्ने प्रक्रियाको प्रारम्भ गरेको जनाएको छ । हेलम्बु र लाङटाङ क्षेत्रको बीचमा रहेको नयाँ गङ्गा र पावेल पिक आरोहण रुट पनि हेलम्बुबाटै चढ्न सक्ने गरी तयार गर्ने क्रममा रहेको जनाएको छ । 
दाङको लमही नगरपालिका वडा नं ५ का एक किसानले गरेको व्यावसायिक तरकारी खेती ।
प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, जाजरकोटको आर्थिक सहयोगमा रातोपाण्डा कृषि सहकारीद्वारा सदरमुकाममा सुन्तलाको जुस बनाइदै । परियोजनाद्वारा सुन्तलाको पकेट क्षेत्रमा यो आर्थिक वर्षदेखि सबै ठाउँमा जुसर मेसिन उपलव्ध गराउने लक्ष्य रहेको छ । 
नेपाल–भारत सीमा क्षेत्रको महाकाली नदीमा अङग्रेजको पालामा बनाइएको पुरानो पुल । यसै पुलको प्रयोग गरी पश्चिमी सीमा नाकामा नेपाल भारतका बासिन्दाले आवतजावत गर्दै आएका छन् ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा रहेको सुन्तला । अत्याधिक सुन्तला फल्ने यस स्थानका अधिकांश स्थानीयवासीले सुन्तलाबाट आकर्षक आम्दानी गर्ने गरेका छन् । यहाँ उत्पादित सुन्तलाको मुख्य बजार पूर्वी तराईका जिल्लाहरु हुन् । यहाँका कतिपय स्थानीयले नै सुन्तलाको व्यापारसमेत गर्ने गरेका छन् । सुन्तलाबाट राम्रो आम्दानी गर्ने कुरुम्बाका अधिकांश स्थानीयवासीको आर्थिक अवस्था अन्यत्रको तुलनामा राम्रो रहने गरेको छ । यहाँका कतिपय स्थानीयवासीले सुन्तलाबाट मात्रै वार्षीक रु दस लाखसम्म आम्दानी गर्ने गरेका छन् । यहाँ वर्षेनी मङ्सिर वा पुस महिनामा सुन्तला महोत्सव आयोजना गर्ने गरिएकोमा कोभिड–१९ को महामारीका कारण यस वर्ष महोत्सव आयोजना गर्न नसकिएको मिक्लाजुङ–५ का वडाध्यक्ष अविशन लावतीको भनाइ छ ।
जिल्लास्थित सरकारी कार्यालय जाने मार्गमा कालोपत्रे गर्न ग्रावेलको तयारी  गरिंदै । उक्त मार्ग हुंदै जिल्ला प्रशासन, दमौली अस्पताल, अदालत, कोलेनीलगायतका झण्डै एक दर्जन सरकारी कार्यालयमा जान सकिन्छ । 
काभ्रेपलाञ्चोकको पर्यटकीयस्थल धुलिखेल नगरपालिका– ९ देवीस्थानडाँडाबाट देखिएको जिल्ला सदरमुकाम धुलिखेल बजार ।
काभ्रेपलाञ्चोकको पर्यटकीयस्थल धुलिखेल नगरपालिका वडा नं ९ देवीस्थान डाँडाबाट देखिएको हिमश्रृङ्खला । 
चिसोबाट विद्यार्थीलाई बचाउन न्यायो जुत्ता वितरण गर्दै खिजीदेम्बा गाउँपालिका– ४ का वडाध्यक्ष कमल न्यौपाने । चिसोबाट जोगाउन वडा भित्रका तीन वटा विद्यालयका १६१ जना विद्यार्थीलाई जुत्ता वितरण गरिएको हो ।
बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय पञ्चकोट क्षेत्रमा इन्टरनेट मर्मत गर्दै प्राविधिक । पर्यटकका लागि निःशुल्क उपलव्ध गराइएको इन्टरनेटमा समस्या आएपछि मर्मत थालिएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: