×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डू र नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा.लिबीच सम्झौता, ग्राहकहरुले १५ प्रतिशतसम्म छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक अफ काठमाण्डू र नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा.लिबीच सम्झौता, ग्राहकहरुले १५ प्रतिशतसम्म छुट पाउने

Artha Sarokar

२ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंक अफ काठमाण्डू र नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा.लिबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि.मा छुट उपलब्ध गराउने सम्बन्धमा उक्त सम्झौता भएको हो ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा १५प्रतिशतसम्म छुट पाउने भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क श्रेणीको मान्यता प्राप्त प्रयोगशाला श्री नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि.ले बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, तुलसीपुर, घोराही तथा धनगढी लगायतको क्षेत्रहरुमा सेवा प्रदान गर्दै आईरहेको छ । 
उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक रत्न बहादुर खड्का र नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि., रुपन्देहीका निर्देशक पवन जोशीले हस्ताक्षर गरेका हुन् । बैंक अफ काठमाण्डू लिमिटेडले हाल ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी