×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतसहित आफ्ना विदेशी वाणिज्य दूतावासहरुको दुरुपयोग गर्दै जासुसीमा संलग्‍न भएको चीन सरकारको भनाई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारतसहित आफ्ना विदेशी वाणिज्य दूतावासहरुको दुरुपयोग गर्दै जासुसीमा संलग्‍न भएको चीन सरकारको भनाई

Artha Sarokar

१४ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी सी जिन पिङ नेतृत्वको चीन सरकारले भारतसहितका आफ्ना विदेशी वाणिज्य दूतावासहरुको दुरुपयोग गर्दै जासुसीमा संलग्‍न भएको तथ्यांक लिक भएको छ । विश्व शक्ति राष्ट्र बन्‍ने होडमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) नेतृत्वको चीन सरकारले विभिन्‍न मुलुकमा आफ्‍ना जासुसी निकायहरुलाई थप सक्रिय पारेको छ । सीसीपीका लक्ष्यहरू र उसका गतिविधिहरु विश्‍व शक्ति बन्‍नका लागि चिनियाँ सरकारका वैमनस्यपूर्ण कार्यहरुको खुलासा भएपछि विभिन्‍न मुलुकहरुले आफ्नो सम्बन्धप्रति पुनर्विचार गर्ने गरेका छन् । 
राष्ट्रपति सी जिनपिङ नेतृत्वमा पार्टी र चिनियाँ सरकारले उनीहरूको वैदेशिक हस्तक्षेप र जासुसी कार्यहरु बढाएका छन् । पछिल्लो समय लिक भएको तथ्यांक अनुसार ठूला बहुराष्ट्रिय कम्पनीका साथै शंघाईमा रहेका विदेशी सरकार र विभिन्‍न मुलुकका वाणिज्य दूतावास र मिसनहरूमा कार्यरत १.९५ मिलियन सीसीपी सदस्यहरूको नाम, ओहदा, जन्मदिन र जातीयताको खुलासा गरिएको छ । शंघाई सर्भरबाट निकालिएको उक्त गोप्य तथ्यांक अनुसार प्रजातान्त्रिक शक्तिको लागि ठूलो सफलता हो । किनकि सीसीपी सदस्यहरूले शंघाईका धेरै विदेशी वाणिज्य दूतावासहरुमा घुसपैठ गर्न सकेको छ । 
सीसीपी सदस्यहरूले शंघाईमा कम्तिमा १० विदेशी परामर्शदाताहरुमा वरिष्ठ राजनीतिज्ञ र सरकारी मामिला विशेषज्ञहरु, क्लर्कहरु, आर्थिक सल्लाहकारहरु र कार्यकारी सहायकहरु जस्ता प्रमुख पदहरुमा रहेका छन् । विदेश मामिला विज्ञहरूले यो तथ्यांक लीकले सम्भवतः चिनियाँ ‘राज्य प्रायोजित जासूस घुसपैठ’ लाई खुलासा गरिदिएको बताएका छन् । सीसीपी सदस्यहरूलाई कन्सलमा कार्यरत भए पनि स्थिति जस्तोसुकै भए पनि प्रोटोकलको गम्भीर उल्लंघन र राष्ट्रिय सुरक्षाको लागि सम्भावित खतराको रुपमा हेरिएको छ । सीसीपी सदस्यहरू पनि कोरोनाविरुद्धको खोप फाइजर र एस्ट्राजेनेकाका कम्पनीहरुमा पनि रहेको पाइएको छ । अहिले कोरोनाविरुद्धका मुख्य दुई खोपमा पनि सीसीपी सदस्यहरु भएको पाइएको छ तर उनीहरुले कुनै तथ्यांक भने चोरी गरेको पाइएको छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी