
बेइजिङ । चीनले हङकङमा आफ्नो प्रभुत्वलाई थप बलियो बनाउनका लागि अर्को कदम चाल्ने योजना बनाएको छ । बेइजिङका अधिकारीहरूले सन् २०२२ को निर्वाचनमा विपक्षीहरुको पक्षमा हुने निश्चित भएका जिल्ला काउन्सिलरहरुका ११७ सिट खारेज गर्ने योजना बनाएको छ । बेइजिङले २०२२ नेतृत्वको दौडमा आफ्नो प्रभावलाई थप वृद्धि गर्न विपक्षी जिल्ला पार्षदहरूले नियन्त्रण हुने सम्भावित सबै ११७ सिटहरू खारेज गरेर हङकङमा विपक्षीविहीन सरकार बनाउनका लागि निर्वाचन समितिको कडा परिचालन गरिरहेको साउथ चाइना मोर्निंग पोस्टले जनाएको छ ।
स्रोतहरूले जिल्ला पार्षदहरु निषेध गर्न र हङकङको स्वयत्तता क्षति पुर्याउनका लागि चीनले प्रस्ताव अघि सारेको छ । गत वर्षको निर्वाचनमा हङकङमा उत्पन्न भएको सरकारविरोधी आन्दोलनहरुको लहरकै कारण प्रजातन्त्र समर्थित उम्मेदवारहरु विजयी भएका छन् । सहर केन्द्रित हङकङका सरकार समर्थित सदस्यहरूले पनि बेइजिङमा पैरवी गरिरहेका थिए । स्थानीय चुनावी नक्साबाट पाँच तथाकथित सुपर सीटहरू हटाउन उनीहरुले लबिङ गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्