×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ पत्रकार र फिल्म निर्माता डु बिनलाई तत्काल रिहाइ गर्न अन्तर्राष्ट्रिय पत्रकार महासंघको माग

अर्थ सरोकार

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार

PRIME CA

चिनियाँ पत्रकार र फिल्म निर्माता डु बिनलाई तत्काल रिहाइ गर्न अन्तर्राष्ट्रिय पत्रकार महासंघको माग

बेइजिङ । चीनमा पछिल्लो समय फरक मत राख्‍नेहरुलाई नियन्त्रणमा लिने काम पछिल्लो समय बढ्दै गइरहेको छ । डिसेम्बर १६ मा चिनियाँ पत्रकार र फिल्म निर्माता डु बिनलाई ‘विवाद गर्ने र समस्या भड्काउने’ आरोप लगाउँदै उनलाई पक्राउ गरिएको हो । डु बिनलाई तत्काल रिहाइ गर्न अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) ले माग गरेको छ । ४८ वर्षीय डु एक चिनियाँ वृत्तचित्र फिल्म निर्माता र पत्रकार हुन् । उनले यसअघि न्यु योर्क टाइम्समा स्वतन्त्र फोटोग्राफरको रूपमा काम गरिसकेका छन् ।
डुकी बहिनी डु जिरोङका अनुसार डुलाई १६ डिसेम्बरमा बेइजिङ प्रहरीले पक्राउ गरेको थियो । उनले ूविवाद भड्काएकोू आरोप लगाइएको उनकी बहिनी डु जिरोङले बताएकी छन् । उनको पक्राउ गर्नुको मुल उद्देश्य उनको पछिल्लो लेख र सन् २०२१ मा प्रकाशित हुने सोभियत नेता भ्लादिमीर लेनिनको शासनसम्बन्धी पुस्तकसँग सम्बन्धित कुराका लागि भएको हुनसक्ने बताइएको छ । साउथ चाइना मोर्निंग पोस्टका अनुसार डु सन् १९८९ को तियानमेन स्क्वायर नरसंहार र राजनीतिक संवेदनशील विषयमा पुस्तकहरुको लेखन र सम्पादन गर्दा उनी चिनियाँ कम्युनिस्ट पार्टीको अनुसन्धानमा रहेका थिए । 
चीनमा प्रेस स्वतन्त्रता र पत्रकारमाथिको दमन पछिल्लो समय बढ्दै गएको अन्तर्राष्ट्रिय संघसंस्थाहरुले बताइरहेका छन् । सन् २०२० मा चीनमा कोभिड-१९ महामारीपछि थुप्रै पत्रकार र चिकित्सकहरुलाई नियन्त्रणमा लिइएको छ । यही अवधिमा लगभग एक दर्जन विदेशी पत्रकारहरूलाई निष्कासन गरिएको छ । आईएफजेले डुविरुद्ध लगाइएको अस्पष्ट र नाजायज आरोपहरु चिनियाँ अधिकारीहरूले नागरिक पत्रकारहरूलाई रोक्न प्रयोग गरेको बताएको छ । आईएफजेले डुको तत्काल रिहाईको लागि आह्वान गर्दै चिनियाँ अधिकारीहरुलाई प्रेस स्वतन्त्रता र पत्रकार स्वतन्त्रताको दमन रोक्न आग्रह गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: