
स्वाट । पाकिस्तानमा लामो समयदेखि ग्यास बन्द भएपछि गुम्बाद मैरा, मलुकाबाद, शाहदरा वाटकी र आसपासका क्षेत्रका स्थानीयहरुले सरकारविरुद्ध विरोध प्रदर्नशन गर्ने चेतावनी दिएका छन् ।
“जाडो सुरु भएदेखि एसएनजीपीएलले प्रायः गाउँमा ग्यास आपूर्तिलाई अवरुद्ध गरिदिएको छ, जसका कारण हामीले खाना पकाउनसमेत समस्या भइरहेको छ । सरकारले यसको व्यवस्थापनका लागि कुनै काम गर्न सकेको छैन,”गुम्बाद मैराकी सायरा अहमदले पत्रकारलाई बताइन् ।
गुम्बाद मैराका अन्य बासिन्दाले चिसो मौसमको समयमा विशेष गरी वृद्ध र बच्चाहरूको लागि कोठा तातो राख्न पनि ग्यास आपूर्ति आवश्यक रहेको बताएका छन् । गुम्बाद मैराका इकबाल अलीले भने, “रातको समयमा तापक्रम कम हुँदै गइरहेको छ र कोठा तताउनका लागि ग्यासको प्रयोग हुने गरेको थियो । तर, अहिले हामीलाई समस्या भइरहेको छ ।” त्यहाँका बासिन्दाहरूले भनेका छन् कि उनीहरू खाना पकाउन र पानी तताउन महँगो एलपीजी प्रयोग गर्न बाध्य छन् ।
रहिमाबादका बासिन्दाले भने कि बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म उक्त क्षेत्रको ग्यास आपूर्ति अवरुद्ध भएको बिहान सबेरै पनि, खाना र कोठा तताउन सबैभन्दा बढी आवश्यक पर्छ । सरकारले यसको तत्काल व्यवस्थापन नगरे कडा आन्दोलन गर्ने स्थानीयहरुले चेतावनी दिएका छन् । – एएनआई
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्