
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले आफ्नो १३ औं वार्षिक साधारणसभा पुस २९ गते बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुने बैंकले जनाएको हो । बैंकले सभामा ७.५% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । साथै सभामा बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ ।
यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । बैंकले सभाका लागि २०७६ साल फागुन ३० गते बुक क्लोज गरिसकेको जनाएको छ । जसअनुसार फागुन २९ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्