×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्चुरी कमर्सियल बैंकको वार्षिक साधारणसभा पुस २९ गते, ७.५% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस गरिने !

PRIME CA
GLOBAL IME BANK

सेन्चुरी कमर्सियल बैंकको वार्षिक साधारणसभा पुस २९ गते, ७.५% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस गरिने !

८ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले आफ्नो १३ औं वार्षिक साधारणसभा पुस २९ गते बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुने बैंकले जनाएको हो । बैंकले सभामा ७.५% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । साथै सभामा बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ ।
यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । बैंकले सभाका लागि २०७६ साल फागुन ३० गते बुक क्लोज गरिसकेको जनाएको छ । जसअनुसार फागुन २९ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन्। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: