- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सेन्ट्रल फाइनान्सले आफ्ना लगानीकर्ताहरुलाई १०% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ७% बोनस सेयर र ३% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । अब नियामक राष्ट्र बैंक र आगामी साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण गरिनेछ ।