×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी बैंकको स्मार्ट टेलर संचालनमा, अब पैसा झिक्न चेक तथा डेविट कार्ड नचाहिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सेञ्चुरी बैंकको स्मार्ट टेलर संचालनमा, अब पैसा झिक्न चेक तथा डेविट कार्ड नचाहिने

Artha Sarokar

२२ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अब सेञ्चुरी कमर्सियल बैंकबाट रकम झिक्न चेक तथा डेविट कार्ड नचाहिने भएको छ । बैंकले स्मार्ट टेलर संचालनमा ल्याएसँगै पैसा झिक्न चेक तथा डेविट कार्ड नचाहिने भएको हो ।
बैंकले आज मंसिर २१ गतेबाट यस स्मार्ट टेलर संचालनमा ल्याएको हो । यस सेवाबाट बैंकका ग्राहकले १ दिनमा कुल १ लाख रुपैयाँसम्म नगद झिक्न सक्ने र १० लाख रुपैयाँसम्म मासिक रुपमा नगद झिक्न पाउने छन् । यससँगै बैंकको स्मार्ट टेलरबाट सेञ्चुरी पे मोबाइल एपबाट क्युआर स्क्यान गरी नगद झिक्न/निकाल्न सकिने छ ।
बैंकले ग्राहकको सेवाका लाथि थप सुविधा विस्तार गर्ने उद्देश्यले स्मार्ट टेलर ल्याएको हो । हाल उक्त सेवा केन्द्रीय कार्यालय, काठमाडौंको लागि मात्र लागु हुनेछ । निकट भविष्यमा उक्त सुविधा काठमाडौं उपत्यका लगायत उपत्यका बाहिरसमेत लागू गरिने छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी