×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकी सरकारले टेलिकम्युनिकेसन कम्पनी हुवावे र चाइना टेलिकमलाई कडा कारबाही गर्ने

PRIME CA

अमेरिकी सरकारले टेलिकम्युनिकेसन कम्पनी हुवावे र चाइना टेलिकमलाई कडा कारबाही गर्ने

अर्थ सरोकार

१४ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

वाशिङ्टन । संयुक्त राज्य अमेरिकाले चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावे र चाइना टेलिकमविरुद्ध कडा कारबाही गर्ने निर्णय गरेको छ । अमेरिकाको संघीय सञ्‍चार आयोग (एफसीसी) ले सर्वसम्मत मतदानमा गर्दै सबै अमेरिकीहरुलाई हुवावेले बनाएको उपकरण हटाउन आदेश गरेको छ । चाइना टेलिकम कर्पोरेशनलाई संयुक्त राज्य अमेरिकामा सञ्‍चालन हुन दिइने कि नदिने भनेर पनि आयोगले कारबाही सुरु गरेको छ । एफसीसीका अध्यक्ष अजीत पाईले आयोगले उक्त निर्णयलाई हल्का रूपमा नलिएको र सुरक्षा एजेन्सीको रिपोर्टका आधारमा उक्त निर्णय लिइएको बताएका छन् । 
चाइना टेलिकमले साइबर सुरक्षा र प्राइभेसी कानूनको पालना नगरेको र कम्पनीले अमेरिकालाई चिनियाँ सरकारको लागि आर्थिक जासुसी गर्न सक्ने खतरामा उत्पन्‍न भएको पाइएको छ । चाइना टेलिकमले महत्त्वपूर्ण अमेरिकी सञ्‍चार ट्राफिकमा अवरूद्ध गर्ने षरेको र यस कम्पनीना प्रत्यक्ष चिनियाँ सरकारको लगानी भएकोले यसलाई रोक्‍नका लागि कारबाही प्रक्रिया सुरु भएको छ । एफसीसीले दुबै चिनियाँ टेलिकम जायन्ट्स हुवावे र जेडटीईलाई सुरक्षा जोखिमको रूपमा लिएको छ । २०१९ मा, आयोगले यी कम्पनीहरूबाट उपकरण खरीदका लागि अमेरिकी अनुदान रोकेको थियो र अब, एफसीसीले सबै अमेरिकी वाहकहरूलाई हुवावेबाट सञ्चार उपकरणको प्रयोग बन्द गर्न आदेश गरेको छ । 
आयोगले ‘चीप बदल्नुहोस्’ नीति ल्याएको सम्बन्धमा हुवावे बाहकहरूले त्यस्ता सबै सञ्चार उपकरणहरू लिनै पर्छ र यसलाई प्रतिस्थापन गर्नुपर्ने र अमेरिकी सरकारले वाहकहरूलाई अनुदान दिने बताएका छन् । एफसीसी कमिश्नर ब्रान्डन कारले चीनले आफ्नो मनसाय स्पष्ट गरिसकेको र चिनियाँ सरकारले अमेरिकी सुरक्षाको रहस्य, बौद्धिक सम्पत्ति र औद्योगिक र व्यवसायिक फाइदाका लागि अमेरिकी भूमिमा रहेका मानिसहरुको जासूसी गर्न चाहेको बताएका छन् । अर्को चिनियाँ टेलिकम कम्पनी चीन मोबाइललाई २०१९ मा अमेरिका प्रवेश गर्नबाट रोकेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: