×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ कम्पनीको लगानी रहेको परियोजनाविरुद्ध प्रधानमन्त्री ओलीको जिल्लामा बृहत प्रदर्शन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

चिनियाँ कम्पनीको लगानी रहेको परियोजनाविरुद्ध प्रधानमन्त्री ओलीको जिल्लामा बृहत प्रदर्शन

Artha Sarokar

१५ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • बैंकिङ संसार
काठमाडौं । चिनियाँ कम्पनीको लगानी रहेको परियोजनाविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा बृहत प्रदर्शन गरिएको छ । चीनको निको महात्वाकांक्षी कम्पनी बेल्ट एन्ड रोड परियोना अन्तर्गत बनिरहेको प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा बनिरहेको दमक क्लिन इन्डस्ट्रियल पार्कमा भइरहेको अवैध क्रियाकलापविरुद्ध सबैको ध्यान केन्द्रित भएको छ ।
मंगलबार ओलीविरुद्ध भइरहेको देशभर प्रदर्शनसँगै प्रधानमन्त्री ओलीकै गृहजिल्लामा चिनियाँ महत्वाकांक्षी परियोजनाविरुद्ध व्यापक प्रदर्शन गरिएको हो । चिनियाँ प्रत्यक्ष लगानीमा बनिरहेको यस परियोजनामा कर्मचारी नियुक्ति तथा उनीहरुको व्यवस्थापनमा समस्या भएपछि उक्त कम्पनीविरुद्ध प्रदर्शन गरिएको हो ।
राजनीतिकरुपमा पनि निकै महत्वाकांक्षी मानिएको उस परियोजनामा प्रधानमन्त्री ओलीले आफैं छनोट गरेको परियोजनाविरुद्ध संघीय लिम्बुवान मञ्चद्वारा उक्त विरोध र्याली निकालिएको हो । उक्त प्रदर्शनमा जनजाति, आदिवासी तथा अन्य अल्पसंख्यक समुदायका ५ हजार भन्दा बढी प्रदर्शनकारी सहभागी भएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी