×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने स्वतन्त्र युवा संगठनका १७ जना कार्यकर्ताहरू पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने स्वतन्त्र युवा संगठनका १७ जना कार्यकर्ताहरू पक्राउ

Artha Sarokar

१५ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चिनियाँ हस्तक्षेप बढेको भन्दै ‘स्वतन्त्र युवा’ नामक संगठनले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ । चिनियाँ दूतावास अगाडि संगठनका कार्यकर्ताहरूले चिनियाँ हस्तक्षेपको विरोध गर्दै चीनविरूद्ध चर्को नाराबाजी लगाएका छन् । चिनियाँ हस्तक्षेप बन्द गर, चिनियाँ दूतावास मुर्दाबाद भन्दै नारा लगाउँदै हात्तीसारस्थित चिनियाँ दूतावासको कन्सुलर भवनदेखि लाजिम्पाटस्थित राष्ट्रपति कार्यालयसम्म प्रदर्शन गरिएको थियो । त्यस्तै प्रदर्शनको क्रममा प्रहरीले १७ जनालाई पक्राउ गरेको सो संगठनका एक सदस्यले बताए ।
चीनको ४ सदस्यीय प्रतिनिधिमण्डलले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष बाबुराम भट्टराईलगायतसँग भेटवार्ता गरेको थियो । चिनियाँ उपमन्त्री गोउ यचौंको नेतृत्वमा आएको टोलीले आफूखुसी नेपालका नेताहरु भेट्दै सुझावका नाममा हस्तक्षेप गरेपछि स्वतन्त्र युवा नामक संगठनले विरोध जनाउँदै प्रदर्शन गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी