×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ हस्तक्षेपविरुद्ध ‘स्वतन्त्र युवा’ संगठनद्धारा काठमाडौंमा मसाल जुलुस

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चिनियाँ हस्तक्षेपविरुद्ध ‘स्वतन्त्र युवा’ संगठनद्धारा काठमाडौंमा मसाल जुलुस

Artha Sarokar

१५ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चिनियाँ हस्तक्षेप बढेको भन्दै ‘स्वतन्त्र युवा’ नाम गरेको संगठनले मंगलबार साँझ काठमाडौंमा मसाल जुलुस निकालेको छ । चिनियाँ हस्तक्षेप बन्द गर, चिनियाँ दूतावास मुर्दाबाद भन्दै नारा लगाउँदै हात्तीसारस्थित चिनियाँ दूतावासको कन्सुलर भवनदेखि लाजिम्पाटस्थित राष्ट्रपति कार्यालयसम्म मसाल जुलुस प्रदर्शन गरिएको थियो । काठमाडौं र पोखरामा एक साथ निकालिएको जुलुसबाट प्रहरीले २५ जना पक्राउ गरेको छ । काठमाडौंबाट आठ र पोखराबाट १७ जनालाई पक्राउ गरिएको सो संगठनका एक सदस्यले बताए ।
चीनको चार सदस्यीय प्रतिनिधिमण्डलले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष बाबुराम भट्टराईलगायतसँग भेटवार्ता गरेको थियो । चिनियाँ उपमन्त्री गोउ यचौंको नेतृत्वमा आएको टोलीले आफूखुसी नेपालका नेताहरु भेट्दै सुझावका नाममा हस्तक्षेप गरेपछि स्वतन्त्र युवा नामक संगठनले विरोध जनाउँदै प्रदर्शन गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी