×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक लिमिटेड र करियर स्टेसन प्रा.लिबिच सम्झौता, बैंकका ग्राहकहरुले करियर स्टेसनमा विशेष छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटिजन्स बैंक लिमिटेड र करियर स्टेसन प्रा.लिबिच सम्झौता, बैंकका ग्राहकहरुले करियर स्टेसनमा विशेष छुट पाउने

Artha Sarokar

२ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटिजन्स बैंक लिमिटेड र करियर स्टेसन प्रा. लि नयाँ बानेश्वर, काठमाडौंबिच बैंकका ग्राहकहरुलाई IELTS/KUMAT/TOEFL/SAT/PTE/CMAT/GMAT/GRE का तयारी कक्षामा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट,क्रेडिटर प्रिभिलेज कार्डवाहकहरुले र उनीहरुका परिवारका सदस्यहरुले करियर स्टेसनमा सेवा लिदा विशेष छुट पाउँन भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटल रुपमा प्रदान गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लगईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न Scan & Withdraw सेवा, मोबाइल बैंकिङको पिन बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । 
साथै कोभिड-१९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरुलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ सुबिधा प्राप्त गर्न सहज होस् भनी यस बैंकले विभिन्न योजनाहरु संचालनमा ल्याएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय ११ वटा शाखा, ९९ वटा एटिएम र १ सय ४ वटा शाखा रहित बैंकिङ सेवामार्फत करिव साढे ७ लाख ग्रहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी