×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको १४औँ वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने प्रस्ताव पारित !

PRIME CA

सिटिजन्स बैंकको १४औँ वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने प्रस्ताव पारित !

२० मंसिर २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । सिटिजन्स बैंकको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा आज शनिबार, केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्गमा सम्पन्न भएको हो । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी डिजिटल प्लाटफर्म जुम मार्फत बैंकको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।  
सभाले आ.व. २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तको NFRS बमोजिम तयार गरिएको वासलात, आ.व. २०७६/७७ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत (Consolidated) वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ । त्यसैगरी साधारण सभाले गत आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट ८ प्रतिशतका दरले हुन आउने ७२,७१,८५,३८३.१८ बराबरको बोनस सेयर वितरण गर्ने र ३ प्रतिशतका दरले हुन आउने २७,२६,९४,५१८.६९ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
सभामा अध्यक्ष भण्डारीले सेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्ने विश्वास व्यक्त गरे । साथै सेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण ग्राहकहरुले पुर्याएको सहयोगको लागि धन्यवाद व्यक्त गरे । बैंकले आर्थिक वर्ष २०७६/७७ सम्ममा ९२ अर्ब ५९ करोड निक्षेप संकलन गरेको छ भने  ८१ अर्ब २८ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र रु १ अर्ब ११ करोड खुद मुनाफा आर्जन गरेको छ । हालसम्म बैंकले १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: