×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अलफर्दान एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

LAXMI SUNRISE BANK

अलफर्दान एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

१४ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । इसेवा मनि ट्रान्सफर र यूएईको ख्यातिप्राप्त रेमिट्यान्स् सेवा प्रदायक कम्पनी अलफर्दान एक्सचेन्ज -Alfardan Exchange) बीच रेमिट्यान्स् कारोबार सम्झौता भएको छ । यो सेवा सुरु भएसँगै यूएईमा रहेका नेपालीहरुले “अलफर्दान एक्सचेन्ज”का ६५ वटा शाखाहरुबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सकिनेछ । नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवावालेट एपमार्फत पनि प्राप्त गर्न सकिनेछ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । 
रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवामनि ट्रान्सफरका तर्पmबाट प्रबन्ध निर्देशक –अजेश कोइराला र अलफर्दान एक्सचेन्ज रेमिटेन्सको तर्पmबाट पूर्व प्रमुखकार्यकारी अधिकृत –ओसामाअल राहमाले हस्ताक्षर गरेका छन् । इसेवामनि ट्रान्सफरले डिजिटल र एजेन्ट बेस रेमिट्यान्स् सेवामार्पmत विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नुे उद्देश्य रहेको इसेवामनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी