
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले दशैँ,तिहार र छठलाई लक्षित गर्दै सार्बजनिक गरेको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजनाका बिजेता घोषणा गरिएको छ । उपहार योजना अन्तर्गत बम्पर उपहारमा प्युठान रानीकमला धर्मावती २ का मनोज केसीले टिभिएस अपाची आरटिआर मोटरसाइकल जित्न सफल भएका छन् । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि गोलाप्रथाबाट बिजेता सार्बजनिक गरिएको हो ।
बुधबार नै अन्य १३ जनाले पनि दराज, मिसिओ, मिनिसो, एसिडिसीका तर्फबाट विभिन्न आकर्षक पुरस्कार जित्न सफल भए । मंसिर ५ गतेसम्म सञ्चालित यस योजनामा साप्ताहिक रुपमा सयौँ जनाले आकर्षक पुरस्कार जित्न सफल भएका थिए । सम्पूर्ण विजेताहरुको विवरण ब्लग डट इसेवा डटकम डट एनपी (blog.esewa.com.np) र इसेवाको फेसबुक पेजमा सार्बजनिक गरिएको छ ।
यस उपहार योजनामा इसेवाले मिसिओ, मिनिसो, केकेफसी, टिएफटी, दराज, बेननेभिज, एसिडिसी,भोज, भिजन तथा ग्यापु जस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको थियो । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्